‘कसम, राम्रो छ- मनसरा ?’ « Khabarhub

‘कसम, राम्रो छ- मनसरा ?’


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा कसम खुवाउने चलन छ । तर झुटो बोलेको मान्छेले ठूलै कमस खाए पनि परिणाम के हुन्छ, कसलाई के थाहा ?

‘नेपाली चलचित्र क्षेत्रमा धेरै झुटो बोल्ने स्थान हो प्रिमियर ।’ यसलाई चलचित्रकर्मीले नै पुष्टि गर्दै आएका छन् । कुनै चलचित्रकर्मीले प्रिमियरका क्रममा ‘मेकर’ सामु फिल्म मन परेन भन्दैनन् ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसार’ को पनि बुधबार प्रिमियर गरिएको छ । प्रिमियरपछि सबैले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिए । निर्देशक सुब्बा ‘फिल्म राम्रो छ’ भनेर प्रतिक्रिया दिनेलाई ‘साँच्चै, झुट त बोलेको होइन नि ?’ भनेर प्रतिप्रश्न गर्दै थिए । उनले फिल्म राम्रो भनेर प्रतिक्रिया दिने केहीलाई त कसम पनि खुवाए।

 

प्रिमियरमा झुट बोलिन्छ भन्ने थाहा पाएका सुब्बाले सकेसम्म इमानदार प्रतिक्रिया सुन्न ‘कसम’ खुवाएका हुन् ।

केही चलचित्रकर्मीको प्रतिक्रिया थियो, ‘झुटो बोल्नुपर्छ भनेर प्रिमियर सकेपछि हलबाट लुसुक्क हिँड्नु नपर्ने फिल्म हो, ‘मनसरा’

अब प्रश्न उठ्छ– साँच्चिकै राम्रो छ त ‘मनसार’ ? त्यसको जवाफ दर्शकले वैशाख २१ गते (शुक्रबार)बाट दिन्छन् ।

तर, प्रिमियरमा पुगेका केही चलचित्रकर्मीबाट यो फिल्मबारे खबरहबले जवाफ मागेको छ ।

सबैको एक स्वर– उत्कृष्ट

बाहिरबाट आएर उपत्यकाको काँठ परिवेशमा जीविकोपार्जन गर्दै आएका निःसन्तान बुवा र एकल आमाबीचको प्रेम कथामा मनसरा बनेको छ ।

समाजको बेवास्तामा परेका पात्रबारे पनि फिल्म बनाउन सकिन्छ भनेर निर्देशक सुब्बाले मनसराबाट प्रमाणित गरेको प्रतिक्रिया निर्देशक प्रदीप भट्टराईले दिएका छन् । 

भन्छन्, ‘उपेन्द्र दाइको लेखन जीवन भोगाइसँग एकदमै नजिक हुन्छ । यो फिल्ममा पनि म त्यही हेर्न आएको थिएँ, त्यो पाएँ ।’

सुब्बाले राम्रो छ भनेर झुट बोल्नु नपर्ने फिल्म बनाएको अर्का निर्देशक निश्चल बस्नेतले प्रतिक्रिया दिए ।

‘फिल्म राम्रो छ भनेर झुट बाल्नुपरेको भए अघि नै टाप कसिसक्थेँ । फिल्म हेर्दा मस्त मजा आउँछ’, उनले सुनाए, ‘फिल्मको आधासम्म के भन्न खोजेका जवाफ खोजिरहेको थिएँ । दोस्रो हाफले उपेन्द्र दाइले भन्न खोजेको कथा छर्लङ्ग पार्छ ।’

अर्का लेखक तथा निर्देशक खगेन्द्र लामिछाने सुब्बाको साहित्यिक दख्खल फिल्ममा पोखिँदा रोचक बनेको बताए । समाजसँग जोडिएको कथामा आधारित मनसरा दर्शकका रुपमा हेरेर भरपुर मनोरञ्जन लिएको उनले सुनाए ।

फिल्म राम्रो बनेकाले मिडियामाझ निर्धक्क प्रतिक्रिया दिन पाएको अनुभव कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले सुनाए ।

‘कथा राम्रोसँग बुन्नु भएको छ । म भावुक भएँ । कथा बग्नुपर्ने बगेको छ, जम्नुपर्ने ठाउँमा जमेको छ । यतिको फिल्म नहेरे के हेर्ने के ?’, बानियाँले भने, ‘केही फिल्मको प्रिमियरपछि मास्क लगाएर टाप कस्नुपर्ने अवस्था हुन्छ । म आज बोल्न मिडिया खोजिरहेको छु ।’

नायिका सुरक्षा पन्तले निर्देशक सुब्बाले मायामा आधारित कथालाई थप गहन रुपमा देखाउन सफल भएको प्रतिक्रिया दिइन् ।

 फिल्म हेरेर आनन्द आएको प्रतिक्रिया दिँदै उनले भनिन्, ‘फिल गुड’ फिल्म बनेको छ । घर गएर निद्रा लाग्ने खालको छ । उपेन्द्र दाइको कथा नबग्ने कुरै भएन । फिल्म हेरेर यो मान्छेले मायालाई यति धेरै कसरी बुझेको होला जस्तो लाग्यो ।’

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  २ : ०९ बजे

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

घोराही– देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा