गृहमन्त्रीले भने : अब कसैको खल्तीबाट नाम झिकेर कैद मिनाह हुँदैन « Khabarhub

गृहमन्त्रीले भने : अब कसैको खल्तीबाट नाम झिकेर कैद मिनाह हुँदैन


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै कैद मिनाह पाउने क्रमको छिट्टै अन्त्य गरिने बताएका छन् ।

बिहीबार बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खल्तीबाट नाम झिकेर कैद मिनाह गरिने प्रवृत्तिको अन्त्य गरिने बताएका हुन् ।

कैद मिनाहका लागि पहुँच खोज्नेभन्दा पनि कैदीले आचरण सुधार्नुपर्ने उनले बताएका छन् ।

असल आचरण हुनेका लागि कैद मिनाहका लागि कसैको पहुँच नचाहिने उनले उल्लेख गरे ।

कारागारहरू यातना गृहभन्दा सुधार गृह बनुन् भन्ने कुरामा सरकार सधैैँ सचेत रहेको पनि लामिछानेले बताएका छन् ।

कैदीहरूलाई सम्मानजनक काम लगाउनेबारे छलफल भइरहेको गृहमन्त्री लामिछानेले बताए ।

कैद सजाय भुक्तानी गरेर फर्किएकालाई समाजमा पुनःस्थापित गर्नुपर्ने विषयमा पनि सरकार सचेत रहेको उनले जानकारी दिएका छन्।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ३ : ०३ बजे

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल