दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो « Khabarhub

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा रत्ननगर नगरपालिका–३ बन्सी निवासी २२ वर्षीय जीवन चौधरी र त्यही ठाउँका १८ वर्षीय सुमित महतो छन् ।

बुधबार राति ११:५५ बजे रत्ननगर–४ वडा कार्यालयनजिक भित्री सडकखण्डमा जीवनले चलाएको ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो।

मोटरसाइकल घरको भित्तामा ठोक्किपछि गम्भीर घाइते चालक जीवन र पछाडि सवार सुमितको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले बताए ।

मोटरसाइकल ठोक्किएर घरको भित्तामा पनि क्षति पुगेको भण्डारीले बताए । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ३ : २० बजे

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना