रेसुङ्गा पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री « Khabarhub

रेसुङ्गा पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । 

‘जाउँ हिँड रेसुङ्गा’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताए । 

पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र बिस्तार गर्न सकिने बताए। उनले रेसुङ्गा क्षेत्रको समग्र विकासका लागि संघीय सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाए। 

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्यटन बहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताए ।

उनले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गरे। उनले पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त व्यक्त गरे। 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ४ : ४३ बजे

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल