देशका चार सय ३६ स्थानमा डढेलो « Khabarhub

देशका चार सय ३६ स्थानमा डढेलो


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज  ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । 

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए।

आज पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ । ‘नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।’

उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उनका अनुसार नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरू हुन्छन् । 

‘असी प्रतिशत वन डढेलाको घटनाहरू फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन्  । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरू हुने गर्छन्  । यसकारण अहिले हामी उच्च जोखिमको समयमा छौँ’, शर्माले भने। मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरू हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए।

प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ४ : ४६ बजे

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप