कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई २.३५ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिइएको हो।
यस्तै भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ्ग सेन्टर ७ नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका-१९ बस्ने २० वर्षीय अरुण राना पक्राउ परेका छन्।
भारतबाट नेपाल आउँदै गरेको रानालाई २.८२ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो। लागूऔषधसहित दुवैजनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया