एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?  | Khabarhub Khabarhub

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको छ । यो साता नेप्से ४ दिन मात्र कारोबार हुँदा ३ दिन बजार बढ्यो भने साताको अन्तिम दिन बिहीबार भने नेप्से घटेको छ । आज बजार घट्दा पनि साताको पुरै बजार हेर्ने हो भने नेप्से ३३ अंकले बढेको हो ।

गत साताको बुधबार १९६५.९३ बिन्दुमा रहेको नेप्से एक सातामा भएको ४ दिनको कारोबारले बढेर १९९८.९६ बिन्दुमा पुगेको छ । यो साता २ दिन २ अर्ब बढी र २ दिन ४ अर्ब बढीको कारोबार भयो ।

साताको पहिलो दिन आइतबार नेप्से १४.३३ अंकले बढेर बजार बन्द भएको थियो । आइतबार नेप्से ०.७२ प्रतिशतले बढेर १९८०.२७ बिन्दुमा कायम रह्यो । आईतबार २ अर्ब ६६ करोड ६ लाख ४६ हजार रुपैयाँ बराबरको ६५ लाख २९ हजार ८९५ कित्ता शेयर ४७ हजार ७१९ पटक किनबेच भयो ।

सोमबार टेक्निकल रुपमा नेप्से बढेको देखिएपनि उक्त दिन नेप्से ०.०७ अंकले मात्र बढ्यो । सोमबार १९८०.३४ बिन्दुमा बजार पुगेको थियो । सोमबार बजार बन्द हुँदासम्ममा २ अर्ब ९२ करोड ९४ लाख ७९ हजार रुपैयाँ बराबरको ६९ लाख ५४ हजार ५४९ कित्ता शेयर ४६ हजार ३७ पटक किनबेच भएको थियो ।

नेप्सेको वियर ट्रेन्ड तेस्रो दिन अर्थात् मंगलबार पनि कायम रह्यो । तेस्रो दिन त नेप्सेले मनोवैज्ञानीक रेखा समेत पार गर्यो । मंगलबार नेप्से २५ अंकले बढेर २००६.२८ बिन्दु कायम भयो । 

बजारमा निरन्तर सकारात्मक प्रभाव देखिन थालेपछि सोमबारको तुलनामा मंगलबार दोब्बर कारोबार भएको थियो । मंगलबार ४ अर्ब ७८ करोड ६९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख १४ हजार ४९५ कित्ता शेयर ७४ हजार ७९४ पटक किनबेच भयो ।

बुधबार विश्व मजदुर दिवसको सन्दर्भमा सार्वजनिक विदा भएकाले नेप्सेमा कारोबार भएन ।

मंगलबारसम्म निरन्तर वियर ट्रेन्डमा रहेको नेप्से साताको अन्तिम दिन अर्थात् बिहीबार भने घट्न पुगेको छ । आज नेप्से ७.३१ अंकले घटेर बन्द भयो । साताको अन्तिम दिन नेप्से परिसूचक न्यूनतम १९९५.४९ बिन्दुमा र उच्चतम २०२६।६२ बिन्दुमा पुगेको थियो । तर, कारोबारको अन्तिम समयसम्म आइपुग्दा नेप्से ०.२६ प्रतिशतले घटेर १९९८.९६ बिन्दुमा कायम भयो । 

साताका अघिल्ला दिनहरुमा निरन्तर वृद्धिको प्रभाव स्वरुप बिहीबारको कारोबारमा उछाल आयो । बजारमा उछाल आउँदा बिहीबार ४ अर्ब ७ करोड ९७ लाख रुपैयाँ बराबरको ८६ लाख ४० हजार ६३६ कित्ता शेयर ६३ हजार ७३६ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ६ : १५ बजे

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा

तनहुँ– आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२