मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने « Khabarhub

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने


२० बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २८ गते दिउँसो २ बजे संघीय दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

सरकारको सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान समेत गरिसकेका छन् ।

बैठकले वैशाख २३ गतेबाट हुने जापानका परराष्ट्रमन्त्री योको कामिकावाको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

बैठकले समस्याग्रस्त सहकारी वा संघको व्यवस्थापन समिति गठन गरिएको र समितिमा अध्यक्ष पदमा उच्च अदालतका पूर्व न्यायाधीश रमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् ।

बैठकले देशभरको डढेलो नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने र शुक्रबार गृहमन्त्रालयमा बैठक बसेर आवश्यक राहत सहयोगबारे निर्णय गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ७ : २० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको