धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ


२० बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

उनीहरुलाई तीन ग्राम ८२० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–४ का १८ वर्षीय विकाश नेपाली को घरमा चेकजाँच गर्दा उनको सुत्ने कोठाबाट ३ ग्राम ८२० मिलिग्राम लागुऔषध ९खैरो हेरोइन० फेला परेको थियो।

अन्य पाँच जनालाई बिक्रिबितरण र सेवनमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनगढी–३ चटकपुरका १९ वर्षीय प्रबिण खड्का, धनगढी–२ का २३ वर्षीय चेतन पनेरू, धनगढी–३ का २१ वर्षीय लक्ष्मिप्रसाद जोशी, डोटीको जोरायल गाउँपालिका–१ का २२ वर्षीय बिक्रम पातली र एक जना धनगढीका किशोर रहेका छन्।

पक्राउ परेकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १० : १६ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका