प्राविधिक जनशक्ति उत्पादन गर्न छात्रवृत्ति « Khabarhub

प्राविधिक जनशक्ति उत्पादन गर्न छात्रवृत्ति


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ ।

दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रावृत्तिको व्यवस्था गरेको हो ।

गाउँपालिकाले विगत तीन वर्षदेखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

गाउँपालिका भित्र विज्ञान विषय पठनपाठन हुदैन । विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ ।

विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा २० हजारदेखि ६० हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदान गरिने शिक्षा शाखाले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि गाउँपालिकाले पाँच लाख विनियोजन गरेको शाखाप्रमुख तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ३५ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका