टी-२० विश्वकप : अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक « Khabarhub

टी-२० विश्वकप : अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका छन्। अहिले जारी आयोजक अमेरिका र क्यानडाबिचको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका हुन्।

क्यानडाका ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे। यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो। ४४ बल खेलेका उनले ६ चौका  र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए। उनी कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट गरे।

त्यसैगरी क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए। उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे। उनी ३१ बल खेल्दै ५१ रनमा आउट भए।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ७ : ५४ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड