एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै « Khabarhub

एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो साढे १२ बजे बानेश्वरस्थित अर्पण ब्याङ्केटमा पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाले पत्रकार सम्मेलनमा पार्टीको आगामी दशौँ राष्ट्रिय महाधिवेसनको तयारी, समसामयिक राजनीतिक विषयका सन्दर्भमा उठेका प्रश्नहरुबारे जानकारी दिइने बताए ।

केही दिनअघि पार्टी अध्यक्ष माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा विपक्षी दलको बैठकमा सहभागी भएपछि पार्टी तथा सत्तारुढ दलमा असन्तुष्टि बढेको छ ।

यस विषयमा सकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सत्ता घटक एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग एकीकृत समाजवादीको धारणाबारे छलफल गरेका थिए ।

एकीकृत समाजवादीले मधेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सघाउने संकेत देखिए पछि प्रचण्ड र ओलीले अध्यक्ष नेपालसँग धारणा मागेका थिए । सम्भवतः यो विषयमा आज एकीकृत समाजवादीले आफ्नो धारणा सार्वजनिक गर्न सक्नेछ ।

एकीकृत समाजवादीमा अध्यक्ष नेपाल सत्ता घटक दलसँग सन्तुष्ट छैनन् भने सम्मानित नेता झलनाथ खनाल सत्ता समीकरणलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाको निवासमा गएको भोलिपल्टै सम्मनित नेता खनाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

 

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ९ : २१ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका