एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै | Khabarhub Khabarhub

एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो साढे १२ बजे बानेश्वरस्थित अर्पण ब्याङ्केटमा पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाले पत्रकार सम्मेलनमा पार्टीको आगामी दशौँ राष्ट्रिय महाधिवेसनको तयारी, समसामयिक राजनीतिक विषयका सन्दर्भमा उठेका प्रश्नहरुबारे जानकारी दिइने बताए ।

केही दिनअघि पार्टी अध्यक्ष माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा विपक्षी दलको बैठकमा सहभागी भएपछि पार्टी तथा सत्तारुढ दलमा असन्तुष्टि बढेको छ ।

यस विषयमा सकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सत्ता घटक एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग एकीकृत समाजवादीको धारणाबारे छलफल गरेका थिए ।

एकीकृत समाजवादीले मधेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सघाउने संकेत देखिए पछि प्रचण्ड र ओलीले अध्यक्ष नेपालसँग धारणा मागेका थिए । सम्भवतः यो विषयमा आज एकीकृत समाजवादीले आफ्नो धारणा सार्वजनिक गर्न सक्नेछ ।

एकीकृत समाजवादीमा अध्यक्ष नेपाल सत्ता घटक दलसँग सन्तुष्ट छैनन् भने सम्मानित नेता झलनाथ खनाल सत्ता समीकरणलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाको निवासमा गएको भोलिपल्टै सम्मनित नेता खनाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

 

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ९ : २१ बजे

‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई

काठमाडौं– यसवर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा

फापरले गाँसेको टुकुचे–तोगा मितेरी साइनो

झुप्पामा फूल्छन् फापरका फूल । ठाउँ र जातअनुसार बदलिन्छन् फापरका

फापरखेतीमा कृषकको आकर्षण बढ्दो

मुगु– यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

मेची खोलामा डुबेर पुरुषको मृत्यु

भद्रपुर– यहाँको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको

नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुरमा नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ परेका छन्