टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित « Khabarhub

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित

आरोन र एन्ड्रिजको ऐतिहासिक साझेदारी


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० आईसीसी विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले शानदार जित निकालेको छ।  आरोन जोन्स र एन्ड्रिज गौसको ऐतिहासिक साझेदारीमा क्यानडामाथि घरेलु मैदानमा १४ बल खेल्न बाँकी हुँदा अमेरिकाले ७ विकेटको शानदार जित निकालेको हो ।

टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले क्यानडाले दिएको १९५ रनको लक्ष्य १७.४ ओभरमा तीन विकेट गुमाएर १९७ रन बनाउँदै भेट्टाएको हो।

अमेरिकाका लागि आरोन जोन्सले २२ बलमा ५० रन बनाउँदै विश्वकपमा अमेरिकाका लागि थोरै बलमा अर्धशतकको रेकर्ड बनाए। उनले अर्धशतकका लागि १ चौका र ६ छक्का प्रहार गरे। उनले नटआउट ४० बलमा १० छक्का र चार चौका प्रहार गर्दै सर्वाधि ९४ रन बनाए।

क्यानडाविरुद्ध ४० बलमा ९४ रन प्रहार गरेका अमेरिकी ब्याट्सम्यान आरोन जोन्स । तस्बिरः क्रिकइन्फो

अमेरिकाका अर्का ब्याट्सम्यान एन्ड्रिज गौसले ३९ बलमा अर्धशतक पूरा गरे। उनले ६ चौका र दुई छक्काको मदतमा ५३ रन बनाएका हुन्। उनी ४६ बल खेल्दै सात चौका र तीन छक्काको मद्दतमा ६५ रन बनाएर आउट भए। उनले आरोन जोन्ससँग ५८ बलमा १३१ रनको साभेदारी गरे।

ओपनर स्टीवन टेलरलाई दोस्रो बलमा शून्यमै गुमाएको अमेरिकाले खराब सुरुवात गरेको थियो। दोस्रो विकेटको रुपमा अमेरिकाले मोनांक पटेललाई गुमाएको थियो। उनले १६ बलमा दुई चौकाको मद्दतमा १६ रन मात्र जोडेका थिए। आरोन र एन्ड्रिजको साझेदारीले अमेरिकाले ब्याटिङ लाइनलाई उकासेको थियो।

अमेरिकाविरुद्ध कमजोर बलिङ गरेको क्यानडाका लागि कलीम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एकएक विकेट लिए।

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ मा पहिलो अर्धशतक बनाएका क्यानडाका नवनीत धालिवाल । तस्बिरः क्रिकइन्फो

यसअघि पहिलो ब्याटिङ गरेको क्यानडाले अमेरिकालाई पाँच विकेटको क्षतिमा १९५ रनको चुनौती दिएको थियो।
क्यानडाका लागि ओपनर नवनीत धालिवालले ३६ बलमा अर्धशतक बनाएका थिए। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए ।

क्यानडाका अर्का ब्याट्सम्यान निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए। उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे। उनी ३१ बल खेल्दै ५१ रनमा आउट भएका थिए।

क्यानडाका लागि आरोन जानसनले १६ बलमा २३ बनाउँदा श्रेयस मोव्वाले नटआउट १६ बलमा ३२ रन प्रहार गरेका थिए । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एकएक विकेट लिएका थिए।

यो पनि पढ्नुहोस्

पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै

अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक

क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ९ : ५० बजे

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर