गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा « Khabarhub

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सदनमा उभिएर दिएको अभिव्यक्ति रेकर्डबाट नहटाइए प्रधानमन्त्रीसँग हिसाब–किताव गरिने चेनावनी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सदन चटक गर्ने ठाउँ नभएको स्मरण गराउँदै लामिछानेले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाइए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिसाव–किताव गरिने चेतावनी दिएका हुन् ।

‘संसद चटक देखाउने ठाउँ होइन । सदनमा बोलिएका कुरा प्रधानमन्त्रीले अर्न गर्नुस् प्रधानमन्त्रीसँग हिसाबकिताब गरौँला,’ थापाले भने,‘‘कि आउनुस् र भन्नुस् रेकर्डबाट हटाउँछु भनेर । होइन भने प्रधानमन्त्रीसँग त हिसाव–किताव लिइन्छ ।’

सांसद थापाले गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराए  । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य संवेदनशील रहेको बताउँदै थापाले यो भनाइलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट पारे ।

गृहमन्त्री लामिछानेले कांग्रेसका सांसदहरु विरुद्ध सदनमा दिएको अभिव्यक्तिप्रति आक्रामक सुनिएका थापाले आफ्नो विगतको संघर्षको समेत स्मरण गराए ।

‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ भन्ने लामो अनुभव गरेर आएको छु । हजारौँ मानिसहरुले नारा लगाउँदै गर्दा एक्लै राजद्रोहको मुद्दा खेपेर आएको हुँ । घाउ कसरी लाग्छ राम्रोसँग थाहा पाएर आएको छु,’ उनले भने, अख्तियारको शक्तिशाली प्रमुखदेखि प्रधानन्यायाधीशसम्म लडेर आएको हुँ । शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीको सरकारसँग लडेर आएको हुँ । र त्यो बेला एक्लै कुनैकुनै बेला घाउ पनि खाएर आएको हुँ ।’

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : २१ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने