मनिष झाको तर्क- पुराना दलले देशको अवस्था बिग्रिनुमा रास्वपालाई दोष दिएर पन्छिन खोजे  « Khabarhub

मनिष झाको तर्क- पुराना दलले देशको अवस्था बिग्रिनुमा रास्वपालाई दोष दिएर पन्छिन खोजे 


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले देश अहिले राम्रो अवस्थामा नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारी तन्त्र केही पनि ठिक नभएको बताएका हुन् ।

‘देशको अहिलेको अवस्था, राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था र अवस्था, ब्युरोक्रेसी सबै चिज हेर्ने हो भने, निजी क्षेत्रको कन्फिडेन्स सबैको कुरा गर्ने हो भने कतै पनि राम्रो छैन,’ झाले भने, ‘देश अहिले राम्रो अवस्थामा छैन ।’

रास्वपा राजनीतिमा आएको अवधिको हिसाब सुनाउँदै उनले पुराना दलहरूले देशको अवस्था बिग्रिनुमा रास्वपालाई दोष दिएर पुराना दलहरू पन्छिन खोजेको भन्दै आपत्ति जनाए ।

‘हामी राजनीतिमा आएको २३ महिना भयो । संसदमा आएको १७ महिना र सरकारमा आएको दुई पटक गरेर १२२ दिन भयो,’ झाले भने, ‘तर अहिले केही दल र दलका केही अग्रजहरूले यो सबै तिमीहरूले बिगार्‍यौ भन्ने जस्ता कुराहरू बोल्दै आफू पन्छिने प्रयासहरू पनि देखिन्छ । सदन मै देखिन्छ, आज पनि देखियो ।’

याे पनि …

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा

गृहमन्त्रीले हुकुमी शासन चलाउन खोजेको हो ? : रामहरि खतिवडा

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १२ : ३६ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु