प्रेम सुवालको प्रश्न- सदनमा उठेका विषय छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारण के हाे ?  « Khabarhub

प्रेम सुवालको प्रश्न- सदनमा उठेका विषय छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारण के हाे ? 

'जनतामा सत्तापक्ष र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने चर्चा चलेको छ'


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिले मिलेमतोमा सत्य दबाइने चर्चा चलेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने चर्चा जनतामा चलेको बताएका हुन् ।

‘सहकारी संस्थाको रकम ठगी सम्बन्धी छानबिन गर्न गठन भएको संसदीय समिति सत्ता र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने जनतामा चर्चा छ,’ सुवालले भने ।

उनले गिरीबन्धु टि–स्टेट, टीकापुर जग्गा प्रकरण, टेरामेक्स प्रकरणलगायतका सदन र सदन बाहिर उठेका विषयहरूको छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारणबारे पनि प्रश्न गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १ : ०१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई