प्रेम सुवालको प्रश्न- सदनमा उठेका विषय छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारण के हाे ?  « Khabarhub

प्रेम सुवालको प्रश्न- सदनमा उठेका विषय छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारण के हाे ? 

'जनतामा सत्तापक्ष र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने चर्चा चलेको छ'


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिले मिलेमतोमा सत्य दबाइने चर्चा चलेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने चर्चा जनतामा चलेको बताएका हुन् ।

‘सहकारी संस्थाको रकम ठगी सम्बन्धी छानबिन गर्न गठन भएको संसदीय समिति सत्ता र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने जनतामा चर्चा छ,’ सुवालले भने ।

उनले गिरीबन्धु टि–स्टेट, टीकापुर जग्गा प्रकरण, टेरामेक्स प्रकरणलगायतका सदन र सदन बाहिर उठेका विषयहरूको छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारणबारे पनि प्रश्न गरे ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १ : ०१ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका