प्रकाशशरणको गुनासो : अर्थमन्त्रीले रिस फेरे, नुवाकोटका सडकको बजेट काटिदिए « Khabarhub

प्रकाशशरणको गुनासो : अर्थमन्त्रीले रिस फेरे, नुवाकोटका सडकको बजेट काटिदिए


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा अर्थमन्त्री वर्षमान पुनले आफूसँग रिस फेरेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै महतले यस्तो बताएका हुन् ।

‘अर्थमन्त्रीजीले बजेट ल्याउँदा नुवाकोटको सडकमा रिस फेर्नु भएछ । नुवाकोटको एउटा निर्वाचन क्षेत्रको आधाभन्दा धेरै जनसंख्याले सदरमुकामदेखि गोल्फु भञ्ज्याङसम्म हुँदै समुद्रटारबाट सिन्धुपाल्चोक नजिक हुँदै जाने सडकलाई कोल्याप्स हानिएछ’, उनले भने, ‘भौतिक तथा प्राविधिक सर्भेसहितका सबै काम सकिएको सडकलाई बजेट नै दिइएन छ । अर्थमन्त्री र भौतिक मन्त्रीले रोकेको सुनेँ । सायद बजेट नै राख्नु भएन होला ।’

उनले उक्त सडक आफू मात्रै हिँड्ने जस्तो गरेर रिस फेरिएको बताए । ‘म मात्रै हिँड्ने बाटो हो त्यो, म एक्लै हिँड्ने बाटो हो । एमाले र माओवादीले त्यो बाटो प्रयोग गर्दैनन् ? के गर्न खोजेको हो ?’, उनले भने, ‘छहरे-टोखा सुरुङमार्गले पृथ्वी राजमार्गलाई पनि जोड्छ । त्यसलाई पनि अलपत्र पारिए छ । जसलाई चिनियाँसँग कुरा गरेर अघि बढाउने भनेको थिएँ । म हुँदा अघि बढाएको तर अहिले उहाँले राख्नु भएन ।’

महतले अहिले अर्थमन्त्री पुनले कनिका छरे जसरी बजेट छरेको बताए । ‘फेरि पनि गठबन्धन दलनजिक बजेट विनियोजन गर्दै हुनुहुन्छ’, उनले भने, ‘जता पनि कनिका छरेजसरी बजेट छरिएछ ।’

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १ : ४५ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि