गगनले संसदीय समितिलाई भने : सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू « Khabarhub

गगनले संसदीय समितिलाई भने : सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्थाहरूको बचत रकम अपचलनबारेमा छानबिन गर्न गठित संसदीय समितिलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिन सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा उनले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा नाम राख्न नसकिए पनि लामिछानेदेखि महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि बयानका लागि बोलाउनुपर्ने बताएका छन् ।

विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडियामा गएको रकम गैरकानुनी रहेको भन्दै यसमा संलग्न सबैलाई बयान लिनुपर्नेमा थापाले जोड दिए ।

उनले संसदीय समितिले कानुन बमोजिम कारबाहीको सिफारिस गर्ने पनि बताए ।

थापाले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै गृहमन्त्री लामिछानेले आफूबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

त्यस्तै उनले सदनमा प्रस्तुत भएको गृहमन्त्री लामिछानेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  २ : ०९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली