बजेटबारे संसद्‍मा एमालेको असन्तुष्टि, विष्णु पौडेलले भने : अर्थमन्त्रीले सल्लाह गरेनन्, सुझाव लिएनन् « Khabarhub

बजेटबारे संसद्‍मा एमालेको असन्तुष्टि, विष्णु पौडेलले भने : अर्थमन्त्रीले सल्लाह गरेनन्, सुझाव लिएनन्


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका क्रममा अर्थमन्त्री वर्षमान पुनले कुनै सल्लाह सुझाव नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

आइतबार बसेको संसद् बैठकमा जेठ १५ गते प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले असन्तुष्टि जनाएका हुन् ।

उनले बजेटमा केही कमजोरी र समस्या देखिएको भन्दै तयारीकै बेला अर्थमन्त्रीले सल्लाह गरेको भए ती नदेखिने बताए ।

‘हामीलाई थाहा छ अर्थमन्त्री व्यस्त हुनु भयो, उहाँको व्यस्ता हामीले बुझेका छौँ’, उनले भने, ‘व्यस्ततका कारण सरकारमा रहेका दलका नेताहरूसँग सुझाव लिन भ्याउनु भएन । म अर्थमन्त्रीको व्यस्तता बुझ्छु’, उनले भने, ‘तर हामीसँग, सत्ता साझेदारहरूसँग बजेट बनाउँदा सल्लाह लिनु भएको भए राम्रो हुन्थ्यो ।’

यसअघि शनिबार एमालेअध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका थिए ।

ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

शनिबार संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताएका थिए ।

‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ’, उनले भनेका थिए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  २ : २० बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले