महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल « Khabarhub

महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्ने बताएका छन् ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले समाज र क्रान्तिको अन्योललाई पनि सम्बोधन गर्ने बताए ।

‘समाज र कान्तिको अन्योलतालाई पनि पार्टीको महाधिवेशननले सम्बोधन गर्छ’, उनले भने, ‘समय लेखेर राख्नुहोला समाजवाद कसरी आउँछ भन्ने प्रष्ट हुन्छ । मूलभूत रुपमा हाम्रो पार्टी महाधिवेशनपछि कम्युनिस्ट र वैचारिकक आन्दोलनको मूल केन्द्र बन्छ ।’

उनले महाधिवेशनले पार्टीको आन्तरिक लोकतान्त्रलाई पनि बलियो बनाउने बताएका छन् । ‘हाम्रो पार्टीमा अब भ्रष्टहरू जन्मिँदैनन् । रोजगारी र सुशासन हाम्रो मूल मुद्दा हुनेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  २ : ३२ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्