सन्तुलित बजेट आएको सबैले टिप्पणी गरेका छन् : अर्थमन्त्री पुन | Khabarhub Khabarhub

सन्तुलित बजेट आएको सबैले टिप्पणी गरेका छन् : अर्थमन्त्री पुन


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गर्दै उनले निकै अन्योलताका बीचमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको जानकारी दिए ।

अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको पहलका कारण सहज रूपमा प्रक्रिया अगाडि बढेको बताए ।

उनले सांसदहरूको सल्लाह र पृष्ठपोषणका आधारमा बजेट ल्याइएको उल्लेख गर्दै सरोकार भएका सबै निकाय र क्षेत्रको समेत सुझाव लिइएको जानकारी दिए ।

अर्थतन्त्र पूर्ण रूपमा गतिशील अवस्थामा आईनसकेकाले जिम्मेवारीपूर्वक निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको, युवामा रहेको निराशालाई चिरेर अगाडि बढ्नुपर्ने अवस्थालाई ख्याल गरिएको अर्थमन्त्री पुनले बताए ।

मुद्रास्फीति न्यून विन्दुमा रहेको तथ्य पेस गर्दै हरेक घरको भान्सामा पर्ने मूल्यवृद्धिको चापलाई नियन्त्रण गर्ने गरी प्रयास गरिएको उनको भनाइ छ ।

सङ्कुचित भएको साधन र स्रोतलाई विश्लेषण गरेर बजेट प्रस्तुत गरिएको भन्दै सबै क्षेत्रले सन्तुलित बजेट आएको टिप्पणी गरेका अर्थमन्त्री पुनले बताए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ३ : ०२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले