राष्ट्रियसभा बैठक : बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड « Khabarhub

राष्ट्रियसभा बैठक : बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकको आवश्यकतालाई ख्याल गरेर आगामी आर्थिक वर्षको बजेट आएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद जगप्रसाद शर्माले व्यावहारिकरुपमा राष्ट्रिय आवश्यकतालाई महत्त्व दिएर बजेट आएकाले यसको व्यावहारिक कार्यान्वयन गरेर जानुपर्ने बताए । उनले बजेटमा विकास निर्माणलाई प्राथमिकीकरण गरिएको, समाजवादको आधार तयार पारिएको बताए ।

सांसद देवेन्द्र दाहालले संयुक्त सरकारको नीति तथा कार्यक्रम, नेपाल सरकारको १६औँ पञ्चवर्षीय योजनालाई प्राथमिकतामा राखिएको छ कि छैन भन्ने जिज्ञासा राखे । उनले बजेटमा समृद्ध नेपाल र सुखी नेपालीको कार्यदिशालाई बजेटले सम्बोधन गरेको, निर्यात प्रवर्द्धनलाई विशेष ध्यान दिइएको, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने व्यवस्था गरिएका भन्दै प्रसन्नता व्यक्त गरे । बजेटमा समावेश गरिएका राम्रा कुरालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै उनले रुग्ण उद्योग सञ्चालन गर्ने विषयलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

सांसद डा वेदुराम भुसालले बजेट सही दिशामा आएकाले स्वागत र समर्थन गर्दै सकारात्मक पक्षलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले कृषि क्षेत्रमा कम बजेट विनियोजन भएको उल्लेख गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि तय गर्नुपर्ने नीति, कार्यक्रम र योजनाको अभाव रहेको स्पष्ट पारे । कृषि क्षेत्रको विकासका लागि सिँचाइ पूर्वाधारको विकासमा जोड दिनुपर्ने, बाँझो जमिनलाई कृषि क्षेत्रमा परिणत गर्नेगरी बजेट नआएको भन्दै पूर्वकृषिमन्त्री समेत रहेका डा भुसालले त्यसमा ध्यान दिनुपर्ने बताए ।

सांसद कृष्णबहादुर रोकायाले आकारका आधारमा ठूलो बजेट आएकाले कार्यान्वयनमा जटिलता आउने बताए । उनले बजेटमा राखिएका विषय कार्यान्वयन हुन नसक्ने, आन्तरिक ऋण उठ्न नसक्ने, वितरणमुखी र छरिएर आएकाले प्राथमिकता क्रम मिल्न नसकेको बताए ।

सांसद रोकायाले आर्थिक अनुशासन कायम राख्ने किसिमको बजेट आउनुपर्नेमा त्यसो नभएको, खर्चको अनुमान आएको भए पनि राजस्व परिचालनमा समस्या रहेको स्पष्ट पारे । उनले आवश्यक स्थानमा बजेट नदिइएको र अनावश्यक शीर्षकमा भने उल्लेख्य बजेट राखिएको टिप्पणी गरे ।

सांसद मोहम्मद खालिदले आगामी आर्थिक वर्षको बजेटले आदिवासी, जनजाति, मधेसी, मुस्लिम समुदायले अपनत्व महसुस गर्न नसकेको र पीडित समुदायलाई हेर्न नसकेको गुनासो गरे । उनले तराई मधेसमा पानीको सङ्कट देखिएकाले त्यसको समाधानका लागि तत्काल प्रबन्ध गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ३ : ३८ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच