१३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार  « Khabarhub

१३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार 


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशतले बढेर २ हजार ८३ को बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा १७४ कम्पनीको शेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ ।

आज नेप्सेमा ३२५ कम्पनीको ६५ हजार ६ सय ५४ कारोबारबाट ९६ लाख ९७ हजार कित्ता शेयर किनबेच भएको छ । त्यस्तै आज ४ अर्ब ३१ करोड १० लाख १५ हजार रकम बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ६४ लाख, पोखरा फाइनान्सको १८ करोड ७० लाख र फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ३ : ४० बजे

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि