सीबी लामामाथि दुई सहकारीको डेढ अर्बभन्दा बढी ठगी आरोप, ९०० जनाले दिए उजुरी « Khabarhub

सीबी लामामाथि दुई सहकारीको डेढ अर्बभन्दा बढी ठगी आरोप, ९०० जनाले दिए उजुरी


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सहकारी ठगी प्रकरणमा प्रकाउ गरेका चन्द्रबहादुर तामाङ (सीबी लामा) लाई आइतबार सार्वजनिक गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा बचतकर्ताको डेढ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामाविरुद्ध कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध ५४ जनाको निवेदन परेको जानकारी दिए ।

प्रहरी वृत्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई-तीन महिनादेखि फरार रहेको अवस्थामा लामालाई जेठ १८ गते चितवनबाट पक्राउ गरिएको उनले बताए ।

प्रहरीले सार्वजनिक गर्ने क्रममा पक्राउ परेका लामाले आफूमाथि झुठो आरोप लगाइएको भन्दै अदालतले न्याय दिने दाबी गरे ।

२०५५ देखि ७६ सालसम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका लामा एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नियम लगाएपछि राजीनामा दिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध विभिन्न प्रहरी इकाइहरूमा गरि अन्य चारवटा बैंकिङ कसुरको मुद्दा चलेको खुलेको छ । उनी अरू तीन वटा मुद्दामा फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ४ : ०९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४