लाइसेन्स बनाइदिन्छ भन्दै रकम असुल्ने दुई जना पक्राउ   « Khabarhub

लाइसेन्स बनाइदिन्छ भन्दै रकम असुल्ने दुई जना पक्राउ  


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट जिल्ला सदरमुकाम गौर स्थित यातायात व्यवस्था कार्यालय देशभरको दलालहरूको केन्द्र बनेको छ । दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय देशभरिको दलालको लागी आकर्षणको केन्द्र बनेको हो ।

यसैबीच गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेका छन् । ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाई दिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर १० बस्ने वर्ष ४५ को रमेश पाठक र गौर नगरपालिका १ बस्ने वर्ष ४८ को श्याम नारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।

पक्राउ परेका दुवै जना माथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताएकी छिन् ।

पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीय देखि काठमाडौं सम्मका दर्जनौँ दलाल घुमिरहेको देख्न सकिन्छ। दलाल मार्फत खुलेआम रकम लिएर चालक अनुमति पत्र खरिद बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ ।

स्कुटर, जिप, कार, टेम्पु, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँच पास र नामसारी लगायतका कार्यको लागी आर्थिक लेनदेन दलाल मार्फत हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन् ।

– न्युज कारखाना 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ४ : ३३ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान