प्रधानमन्त्री कप भलिबल : महिलातर्फ नेपाल पुलिस क्लबको लगातार दोस्रो जित « Khabarhub

प्रधानमन्त्री कप भलिबल : महिलातर्फ नेपाल पुलिस क्लबको लगातार दोस्रो जित


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा पुलिसले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको हो । पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो ।

त्यस्तै आइतबार नै भएको महिलातर्फको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गर्‍यो । एभरेष्टले कर्णाली प्रदेशलाई २५–१६,२५–८,२५–१० को सेटमा पराजित गरेको हो ।

लिगको महिला तथा पुरुष दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ४ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको