हिसान काठमाडौंले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना  गर्ने « Khabarhub

हिसान काठमाडौंले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना  गर्ने


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ जिल्ला कार्यसमितिले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना गर्ने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिसान काठमाडौंले आगामी जेठ २३ गते विश्व वातावरण दिवसको अवसर पारेर म्याराथुन आयोजना गरिएको जानकारी गराएको हो ।

आगामी जेठ २३ गते बिहान ७ बजे थापाथलीस्थित ट्रेड टावरबाट दौड सुरु हुने बताइएको छ । करिब ५ किलो मिटर दूरीको दौड सञ्चालन हुने आयोजकले जनाएको छ ।

म्याराथुनको रुट थापाथली, माइतिघर, बवरमहल, बानेश्वर चोक, सिभिल हस्पिटल, तीनकुने हुँदै पुनः सुरु भएको विन्दुमा आएर समापन हुने छ ।

म्याराथुनमा हिसानका सदस्य संस्थाहरुमा अध्ययनरत तोकिएका तहका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने काठमाडौं हिसानकी अध्यक्ष जेसिका चेमजोङले जानकारी दिइन् ।

मानिसका क्रियाकलाप र विज्ञानले ल्याएको विकासका कारण प्रदूषित बनेको वातावरण जोगाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन आवश्यक रहेको सन्देश प्रवाह गर्न म्याराथुन आयोजना गरिएको उनको भनाइ छ ।

प्रतियोगितामा सहभागी महिला र पुरुष दुवैतर्फ प्रथम, द्धितिय र तृतीय हुने प्रतिस्पर्धीहरूलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै, महिला र पुरुषतर्फ थप ३/३ जनालाई सान्त्वना पुरस्कार स्वरूप एक/एक हजार उपलब्ध गराइने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ५ : १६ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६