पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले सरकारले सहयोग गर्दै आएको बताएका छन्।

आज नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि लोक कल्याणकारी विज्ञापनको रकम र पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम सुरु गरिएको बताए ।

यसअघि आफ्नो नेतृत्वमा रहेको सरकारले पत्रकारको क्षमता अभिवृद्धिका लागि लेखन वृत्तिलगायत कार्यक्रम कार्यान्वयन गरेको पनि उनले बताए ।

‘देशमा हुने हरेक परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिका छ । पछिल्लो परिवर्तनलाई संस्थागत गर्न यहाँहरूबाट सकारात्मक सहयोगको आवश्यकता छ । त्यसैले अझै निर्भीकताका साथ कलम चलाउन आग्रह गर्दछु’, मुख्यमन्त्री पाण्डेले भने,’सबै जिल्लामा महासङ्घको भवन बनाउनुपर्छ भन्ने महासङ्घको अभियानमा प्रदेश सरकारको साथ र समर्थन छ । त्यसबाहेक पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’

बेसीसहर नगरपालिका वडा नं ३ मा निर्मित महासङ्घ लमजुङ शाखाको भवनका लागि  गण्डकी प्रदेश सरकारले रु ३५ लाख सहयोग गरेको थियो ।  गोरखा, लमजुङ र तनहुँमा महासङ्घको भवन बनाउन प्रदेश सरकारले सहयोग गरेको थियो भने बाँकी जिल्लामा पनि सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ५ : ५१ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा