पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले सरकारले सहयोग गर्दै आएको बताएका छन्।

आज नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि लोक कल्याणकारी विज्ञापनको रकम र पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम सुरु गरिएको बताए ।

यसअघि आफ्नो नेतृत्वमा रहेको सरकारले पत्रकारको क्षमता अभिवृद्धिका लागि लेखन वृत्तिलगायत कार्यक्रम कार्यान्वयन गरेको पनि उनले बताए ।

‘देशमा हुने हरेक परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिका छ । पछिल्लो परिवर्तनलाई संस्थागत गर्न यहाँहरूबाट सकारात्मक सहयोगको आवश्यकता छ । त्यसैले अझै निर्भीकताका साथ कलम चलाउन आग्रह गर्दछु’, मुख्यमन्त्री पाण्डेले भने,’सबै जिल्लामा महासङ्घको भवन बनाउनुपर्छ भन्ने महासङ्घको अभियानमा प्रदेश सरकारको साथ र समर्थन छ । त्यसबाहेक पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’

बेसीसहर नगरपालिका वडा नं ३ मा निर्मित महासङ्घ लमजुङ शाखाको भवनका लागि  गण्डकी प्रदेश सरकारले रु ३५ लाख सहयोग गरेको थियो ।  गोरखा, लमजुङ र तनहुँमा महासङ्घको भवन बनाउन प्रदेश सरकारले सहयोग गरेको थियो भने बाँकी जिल्लामा पनि सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ५ : ५१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४