वाइवाइले गर्‍यो अर्नाको सिको – १ रनलाई हजार, सुपर ८ मा पुगे ३० लाख « Khabarhub

वाइवाइले गर्‍यो अर्नाको सिको – १ रनलाई हजार, सुपर ८ मा पुगे ३० लाख


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाइवाइ चाउचाउले टी-२० विश्वकप क्रिकेटमा राष्ट्रिय खेलाडीदेखि टीम सम्मलाई विभिन्न पुरस्कार घोषणा गरेको छ । यसअघि अर्ना बियरले गरेकै शैली सिको गर्दै वाइवाइले विश्वकपमा प्रत्येक रन, चौका, छक्का, अर्धशतक, शतक र प्रत्येक जितका लागि पुरस्कार घोषणा गरेको हो ।

आइसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहन गर्न ठूलो राशीको पुरस्कार घोषणा गरिएको वाइवाइले दाबी गरेको छ । जसअनुसार जारी विश्वकपको सुपर–८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद ३० लाख पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले जनाएको हो ।

वाइवाइले घोषणाअनुसार पुरस्कार दिए खेलाडीहरूले प्रत्येक रन बराबर १ हजार रुपैयाँ पाउनेछन्‌ । प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने  वाइवाइले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको तथा यसका लागि सीजी फुड्स  र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टि–२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ । हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन्, तापनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो’, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन्‌, ‘नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइवाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो ।’

नेपालले टी–२० विश्वकपको श्रृंखला अन्तर्गत आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मंगलबार खेल्दैछ । त्यस्तै टेष्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।

यसअघि राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन गर्न भन्दै अर्ना वियरले विभिन्न नगद पुरस्कार घोषणा गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ५५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको काम देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण