बजेटमा एमालेको असन्तुष्टि : जनयुद्धलाई सम्झिइयो तर, मदन र सुखानीका सहिदलाई सम्झिएन « Khabarhub

बजेटमा एमालेको असन्तुष्टि : जनयुद्धलाई सम्झिइयो तर, मदन र सुखानीका सहिदलाई सम्झिएन


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको मुख्य साझेदार नेकपा (एमाले)ले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा असन्तुष्टि जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि उपाध्यक्ष विष्णु पौडेल लगायत थुप्रै नेता तथा सांसदहरूले सरकारले बजेट निर्माण प्रक्रियामा आवश्यक समन्वय र सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

शनिबार पार्टीको एमाले संसदीय बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले दलहरूसँग छलफल नगरी ल्याएको बजेट मन्त्रीको हो की मन्त्रीको पार्टीको जस्तो बढी देखिन गएको छ भनेर टिप्पणी गरेका थिए । त्यस्तै, आज प्रतिनिधिसभामा बजेटबारे आफ्नो धारणा राख्दै विष्णु पौडेल, गोकुल बास्कोटा लगायतका एमाले सांसदहरूले बजेट निर्माणमा सरकारले सत्तारुढ दलहरूसँग छलफल नगरेको भन्दै असन्तुष्टि जनाए ।

तर, एमालेको बजेटप्रतिको मुख्य असन्तुष्टिको विषय भने एमालेले इतिहासका रूपमा दर्ज गर्दै आएको घटनाक्रम र व्यक्तिहरूलाई बजेटमा सम्बोधन नगर्नुको कारण रहेको सो पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन् ।

खबरहबलाई प्रतिक्रिया दिँदै पाण्डेले बजेटमा सुखानीका सहिद, मदन भण्डारी लगायतका विषयलाई सम्बोधन नगरिएको बताए ।

‘०५२ सालको जनयुद्ध र त्यसमा सहिद भएकाहरूलाई श्रद्धाञ्जली भनियो तर, एमाले पनि एउटा आन्दोलनको जगबाट आएको हो, झापा आन्दोलनका सहिदहरूलाई सुखानी जंगलमा लगेर मारेको त्यो प्रसंग उल्लेख गर्‍या छैन, विगतमा उल्लेख हुने पनि गर्थ्यो’, पाण्डेले भने ।

साथै उनले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीलाई पनि बजेटमा नसम्झिएको भन्दै एमालेको असन्तुष्टि रहेको बताए । ‘पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीहरूलाई सबैले नाम लिने नेता हो, यो प्रसंग पनि जोड्दिएको भए हुन्थ्यो भन्ने हो’, उनले भने, ‘सरसल्लाह भएको भए यो भन्दा राम्रो हुन्थ्यो ।’

साथै नेता पाण्डेले १९९७ भन्दा अगाडि भएका सहिदमा लखन थापालाई प्रथम सहिद भनिएकोमा उनीभन्दा अगाडि पनि सहिद भएको भन्दै त्यसको आधिकारिताको विषयमा अध्ययन हुनुपर्ने समेत बताए । बजेट ल्याउनुपूर्व सत्तारुढ दलहरूसँग छलफल गरिएको भए अहिलेको भन्दा उन्नत प्रकारको बजेट ल्याउन सकिन्थ्यो भन्दै नेता पाण्डेले प्रतिक्रिया दिएका छन् ।

‘बजेट ल्याउनुभन्दा अगाडि सत्तारुढ सबै दलहरूसँग छलफल गर्ने चलन हुन्थ्यो, त्यो गरेको भए राम्रो हुन्थ्यो, यसबाट के बुझ्नुपर्‍यो भने यो छलफल भएनछ भन्ने कुरा बुझ्नुपर्‍यो’, उनले भने, ‘छलफल भएको भए यसो गरौँ भन्ने विषय हुन्थ्यो, नगरेको कारणले अलिकति ढल्केको जस्तो अलिकति सरकारको अनुकूलताअनुसारको भएन कि भन्ने एमालेलाई लाग्यो ।’

तर, एमालेले बजेटमा असन्तुष्टि जनाए पनि यसलाई छलफल गर्ने पास गर्ने विषयमा भने समस्या सिर्जना नगर्ने नेता पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ६ : ०५ बजे

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव