श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च « Khabarhub

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ ।

सिंचाइ विभागका अनुसार आइतबार बिहानैदेखि परेको भारी वर्षाका कारण कोलम्बोको बाहिरी इलाकामा रहेको प्रमुख केलानी नदी र श्रीलङ्काको दक्षिणमा रहेको जिन नदीमा पानीको सतह उच्च तहसम्म पुगेको छ । डीएमसीले तल्लो क्षेत्रमा बसोबास गर्ने परिवारलाई उच्च स्थानमा जान सल्लाह दिएको जनाएको छ ।

मौसम विज्ञान विभागले आइतबार जारी गरेको पछिल्लो मौसम चेतावनीमा पश्चिमी र दक्षिणी प्रान्तमा १५० मिलिमिटरभन्दा बढी वर्षाको सम्भावना रहेको र सर्वसाधारणलाई घरभित्रै बस्न चेतावनी दिइएको छ ।

डीएमसीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य आवश्यक परेमा सतर्क रहन पनि सुरक्षाकर्मीलाई अनुरोध गरिएको छ ।

थप वर्षाको सम्भावना रहेको भन्दै शिक्षा मन्त्रालयले सोमबार देशभरका सबै सरकारी विद्यालय बन्द हुने जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ६ : १३ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख