सर्वोच्चले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा सुनाउने | Khabarhub Khabarhub

सर्वोच्चले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा सुनाउने


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दर्ता भ्रष्टाचार मुद्दाको फैसला आगामी साउन १३ गते दिने भएको छ।

न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेपछि १३ साउनमा फैसला सुनाउने गरी मिति तोकेको हो ।

जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा चलाएको थियो ।

उक्त मुद्दमा जोशीलाई विशेष अदालत भ्रष्टाचारी ठहर गरेको थियो । तर विशेषको फैसलाविरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्चमा पुनरावेदन गरेका थिए।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते जोशीलाई भ्रष्टाचार दोषी मुद्दामा दोषी ठहर गरेको थियो।

उक्त फैसलासँगै जोशीको राजनीतिक जीवनमा पूर्णविराम लागेको थियो । जोशीले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यही बराबरको रकम जरिवाना हुने फैसला दिएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : ०६ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग