मुम्बईबाट आएका यात्रुको ट्राउजरभित्र आधा केजी सुन « Khabarhub

मुम्बईबाट आएका यात्रुको ट्राउजरभित्र आधा केजी सुन


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको मुम्बईबाट आइतबार काठमाडौं उत्रिएका यात्रुले लगाएको ट्राउजरबाट आधा किलोग्राम सुन बरामद भएको छ ।

इन्डिगो एअरलाइन्सको उडान नम्बर ६ इ ११५७ बाट आइतबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका गुल्सन पाण्डेले लगाएको पाइजामा भित्र आधा केजी सुन बरामद भएको हो ।

पाण्डेले पाइजामाको भित्री भागमा लेपन गरेर लुकाएको अवस्थामा ५९८ ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

उनले विमानस्थलको अध्यागमन कार्यालयमा भारतीय मतदाता कार्ड नम्बर आरआईएन ३२२२४७ देखाएका थिए । भन्सार चेकजाँचबाट छिरेर विमानस्थलबाट बाहिरिने क्रममा उनी पक्राउ परेका हुन् । उनलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ८ : १३ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले