ओलीको स्पष्टीकरण : बजेटमा असन्तुष्टि छैन, सल्लाह गरेको भए राम्रो हुन्थ्यो « Khabarhub

ओलीको स्पष्टीकरण : बजेटमा असन्तुष्टि छैन, सल्लाह गरेको भए राम्रो हुन्थ्यो


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८१/८१ का लागि सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि नरहेको स्पष्टीकरण दिएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा ओलीले बजेटमा असन्तुष्टि नरहेको जवाफ दिएका हुन् । उनले यसअघि शनिबार दिएको आफ्नो अभिव्यक्तिको पनि बचाउ गरेका छन् ।

उनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल भएको भए बजेट अझै राम्रो हुने आफ्नो धारणा रहेको प्रतिक्रिया पनि दिए ।

यसअघि शनिबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले बजेट अर्थमन्त्रीले भन्दा पार्टीले ल्याएको जस्तो भएको टिप्पणी गरेका थिए ।

यसअघि आइतबार बसेको संसद् बैठकमा जेठ १५ गते प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि असन्तुष्टि जनाएका थिए ।

उनले बजेटमा केही कमजोरी र समस्या देखिएको भन्दै तयारीकै बेला अर्थमन्त्रीले सल्लाह गरेको भए ती नदेखिने बताए ।

‘हामीलाई थाहा छ अर्थमन्त्री व्यस्त हुनु भयो, उहाँको व्यस्ता हामीले बुझेका छौँ’, उनले भने, ‘व्यस्ततका कारण सरकारमा रहेका दलका नेताहरूसँग सुझाव लिन भ्याउनु भएन । म अर्थमन्त्रीको व्यस्तता बुझ्छु’, उनले भने, ‘तर हामीसँग, सत्ता साझेदारहरूसँग बजेट बनाउँदा सल्लाह लिनु भएको भए राम्रो हुन्थ्यो ।’

यसअघि शनिबार एमालेअध्यक्ष ओलीले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका थिए । ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

शनिबार संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताएका थिए ।

‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ’, उनले भनेका थिए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ८ : २१ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र