सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी « Khabarhub

सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी – दुई दिनसम्म पोखरामा चलेको सार्वजनिक तथा सामुदायिक पुस्तकालयको गण्डकी प्रदेश सम्मेलन १७ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको छ ।

पोखरा सामुदायिक पुस्तकालय र दीपशिखा सामुदायिक पुस्तकालयको आयोजनामा भएको सम्मेलनले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको संस्थागत विकासका लागि आवश्यक ऐन निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।

प्रदेश राजधानी पोखरामा सुविधा सम्पन्न प्रदेश पुस्तकालय स्थापना गर्न प्रदेश सरकारसँग र राष्ट्रिय धरोहरको रुपमा रहेको नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्य अगाडि बढाउन सङ्घ सरकारसँग माग गरिएको पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा डा विश्व श्रेष्ठले जानकारी दिए ।

सम्मेलनले घोषणपत्रमार्फत प्रदेश सरकार र स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी पुस्तकालयका लागि आवश्यक बजेट विनीयोजन गर्न माग गरेको छ ।

पुस्तकालयहरुबीच समन्वय, सहजीकरण, अनुगमन र निरीक्षणका लागि प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत पुस्तकालय शाखा स्थापना गरी पुस्तकालय तथा सूचना विज्ञान समूहको अधिकृत सरहको कम्पनीमा एकजना कर्मचारी व्यवस्थापन गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ ।

स्थानीय तहले पनि पुस्तकालयका लागि दक्ष कर्मचारी र कार्यालय सहयोगीको व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । सामुदायिक सिकाइ केन्द्रहरुलाई सार्वजनिक पुस्तकालयमा समायोजन गर्नुपर्ने, जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक सार्वजनिक पुस्तकालयको अवधारणा लागू गर्नुपर्नेलगायतका माग समेटी घोषणापत्र जारी गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

पुस्तकालय भवन निर्माण गर्दा विपद् प्रतिरोधी, अपाङ्गतामैत्री, वातावरणमैत्री एवं सूचना प्रविधिमैत्री बनाउनुपर्ने माग गरिएको छ । प्रदेशका १० जिल्लामा रहेका ४१ पुस्तकालयबाट सम्मेलनमा सहभागी भएका प्रतिनिधिहरुले सार्वजनिक तथा सामुदायिक पुस्तकालयको दिगो विकास र विस्तारमा निरन्तर समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

पुस्तकालयको संस्थागत विकासका लागि सम्बद्ध पक्षहरुबीच निरन्तर समन्वय र सहकार्य गरिने घोषणापत्रमा जनाइएको छ । पुस्तकालयका असल अभ्यासलगायत ज्ञान, सीप र सूचनाको आदान–प्रदान, समन्य र सहकार्यका लागि प्रदेश वर्ष प्रदेश तहमा सम्मेलनको आयोजना गरिने घोषणापत्रमा उल्लेख छ । पुस्तकालयलाई राज्यको पूर्वाधार र मानवीय विकासको अभिन्न अङ्गका रुपमा समावेश गर्न तीनै तहका सरकारसमक्ष आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

सम्मेलनले दीपशिखा सामुदायिक पुस्तकालयमा आबद्ध माधव भण्डारीको अध्यक्षतामा १० सदस्यीय नेपाल सामुदायिक पुस्तकालय सङ्घ, गण्डकी प्रदेश कार्यसमिति र आठ सदस्यीय सल्लाहकार समिति चयन गरेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ९ : २३ बजे

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र