पूर्वाञ्चल विश्वविद्यालय जाने सडक नमुना बनाउँछौं : मेयर गुरागाईं « Khabarhub

पूर्वाञ्चल विश्वविद्यालय जाने सडक नमुना बनाउँछौं : मेयर गुरागाईं


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईले पूर्वाञ्चल विश्वविद्यालय जाने सडक नमुना मार्गको रुपमा निर्माण गरिने बताएका छन्।

नेपाल सरकार र विश्व बैंकको सहयोगमा मुलक २७ वटा पालिकाहरुमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत हुने उक्त आयोजना सुन्दरहरैँचा नगरपालिका भित्र निर्माण हुन् लागेको नगर प्रमुख गुरागाईले बताए।

त्यस क्षेत्रका स्थानीयहरुलाई नगरपालिकामा बोलाएर डिस्प्ले गरेर सडकको बारेमा जानकारी गराईसकिएको समेत उनले बताए। सडकको दुवै तर्फ आकर्षक बगैचा रहेन र अबको १५ महिना भित्र निर्माण कार्य सम्पन्न हुनेछ। सुन्दरहरैचा ८ का वडा सदस्य रोशननाथ उप्रेतीका अनुसार बाटोको बिषयमा विवाद गर्न कुनै आवश्यक नरहेको बताए।

गत बैशाख १० गते हेटौडा मकवानपुरको लामा–बानिया जेभी र सुन्दरहरैचा नगरपालिका बीच ३५ करोड ८५ लाख २३ हजार ६ सय ६९ रुपैयामा ठेक्का सम्झौता भइसकेको छ। आयोजना अन्तर्गत चन्दनगर (विश्वबिद्यालय गोठगाउ सडक खण्ड ४ किलोमिटर ७ सय सैतीस मीटर र महेश्वर सुब्बा मार्ग (लाटीझोडा सडकखण्ड ५ किलोमिटर ७५ मिटर सडक निर्माण हुनेछ।

वडा नं ६, ७ र ८ मा सञ्चालन हुने आयोजना अन्तर्गत डवल लेनको बाटो,दुवै तर्फ सडक बत्ती,दुवै तर्फ फुटपाट दुवै तर्फ पक्की ड्रेन हुने नगरपालिकाले गरेको सम्झौतामा उल्लेख गरिएको छ। यस्तै,८ वटा पाइप कल्भट र १४ वटा बक्स कल्भटका साथै,सम्पूर्ण ट्राफिक सिगनल सहित सडक कालोपत्रे हुनेछ। आयोजना २०८२ जेठ ३२ गते भित्रमा सम्पन्न हुनेछ ।

उक्त आयोजनाको जेठ १० गते एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास गरेका थिए। पछिल्लो समय नगर प्रमुख गुरागाईले नगरभित्र निर्माण भईरहेको आयोजनाहरुको अनुगमन तथा निरिक्षण गर्ने कामलाई तीव्रता दिएका छन्। अनुगमनका क्रममा उनले आफ्नो कार्यकालमा नगरबासीले समझन लायकको काम गर्ने बताएका छन्।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ९ : ४३ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको