टी २० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित « Khabarhub

टी २० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै वेस्ट इन्डिजले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रोस्टन चेसले नटआउट ४२ रन बनाए । त्यस्तै आन्द्रे रसलले नटआउट १५ रन बनाउँदा ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ तथा कप्तान रोभमन पावेलले १५ रन बनाए ।

पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए । अलेई नाओ, चाद सोपर र जोन कारिकोले एक–एक विकेट लिए ।

यसअघि प्रोभिडेन्स स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे । ४३ बलको सामना गरेका बाउले ६ चौका र एक छक्काको मदतमा ५० रन बनाए । त्यस्तै, किपलिन डोरिगाले २७ रन, कप्तान असद भालाले २१ रनको योगदान दिए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रन बनाए ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ तथा अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट लिए ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : ५६ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते