सत्ता सहयात्राको सहमति पत्रमा देउवा र ओलीले गरे हस्ताक्षर « Khabarhub

सत्ता सहयात्राको सहमति पत्रमा देउवा र ओलीले गरे हस्ताक्षर


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी सत्ता सहयात्राबारे सोमबार मध्यराति हस्ताक्षर भएको छ ।

ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले हस्ताक्षर गरेका हुन् ।

दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए । बिरामी रहेका भनिएका कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल निवास छिरेका थिए । जहाँ उनीहरूले दुवै दलका दोस्रो तहका नेता पनि राखेर राष्टपति रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए ।

दुई शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रसहित सबै विवरण मंगलबार मात्रै सार्वजनिक गरिने भएको छ । नयाँ गठबन्धन बनाउन सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसका एक नेताले भने, ‘दुई दल मिलेर सरकार बनाउन देउवा र ओलीले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ । बाँकी काम भाेलि हुन्छ ।’

दुई दलबीच एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा सहमति भइसकेको उनले बताए । अब राष्टपतिसँग आवश्यक परामर्श सकेर नयाँ सरकार गठनको टुंगो गरिने भएको छ ।

यी दुई दलले संविधानको धारा ७६ को उपधारा दुईअनुसार सरकार गठन गर्ने गरी रणनीति बनाएका छन् ।

काङ्ग्रेस सभापति देउवाले सोमबार दिउँसो बूढानीलकण्ठमै पदाधिकारी बैठक राखेका थिए । उता ओलीले एमालेका केही पदाधिकारीसँग बालकोटमै छलपफल गरेका थिए ।

यसबीचमा सहमतिका लागि कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए । उता एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडालसहित जुटेका थिए ।

अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको समर्थन फिर्ता लिँदा विश्वासको मत लिन एक महिना समय पाउने भएकाले बहुमत सदस्यको हस्ताक्षर गरेर सरकार गठनका लागि भोलि नै राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिएको छ ।

यससँगै ओलीले भोलि बिहान प्रधानमन्त्री प्रचण्डलाई नयाँ सरकार गठनबारे जानकारी गराउने भएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : २८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित