प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने « Khabarhub

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा  नदिइ विश्वासको मत लिने तयारी गरेका छन् ।

उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका हुन् ।

माओवादी पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने बताएका हुन् ।

माओवादी सचिव तथा सांसद देवेन्द्र पौडेलले भने, ” सरकारमा सहभागी दल कसैले पनि समर्थन फिर्ता लिनुभएको छैन। त्यो कारण प्रधानमन्त्रीजीले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिनुहुन्छ । आज पदाधिकारी बैठकमा यही विषयमा छलफल भएको छ।”

उनले सरकारमा सहभागी दलहरूले आज नै फिर्ता लिए भने के गर्नुहुन्छ भन्ने प्रश्नमा भने, ‘पहिला फिर्ता लिइसकेपछि त्यसको निर्णय हुन्छ।’

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ११ : ४८ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर