राजनीतिक स्थायित्वका लागि एमालेसँग सहमति : कांग्रेस « Khabarhub

राजनीतिक स्थायित्वका लागि एमालेसँग सहमति : कांग्रेस


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संविधान निर्माणपछिको अनुभवलाई मध्यनजर गरेर राजनीतिक स्थायित्व र संविधानमा देखिएको आवश्यक संशोधनका लागि नेकपा एमालेसँग सहमति गरिएको बताएको छ ।

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्व र संविधानमा देखिएको आवश्यक संशोधनका लागि एमालेसँग सहमति गरिएको बताएका हुन् ।

‘संविधान निर्माणपछिको अनुभवलाई मध्यनजर गरेर संविधानमा आवश्यक संशोधनका लागि पनि एउटा राष्ट्रिय सहमति निर्माण गर्ने, त्यो प्रक्रियालाई अगाडि बढाउने र आर्थिक शिथिलता, विकास निर्माणमा देखिएको अन्योलको स्थिति अन्त्य गर्नका लागि स्थिर राजनीति, संविधानलाई समसामयिक रूपमा संशोधन गर्ने, सहमति जुटाउनका लागि दुई दलबीच सरकार निर्माण गरेर सँगै अगाडि बढ्ने सहमति गरेका छौँ,’ उनले भने ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए ।

‘अहिलेसम्मको अनुभवका आधारमा संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने हिसाबले दुई दलको बीचमा सँगै अगाडि बढ्ने र आवश्यकताअनुसार अरू दललाई पनि समावेश गर्ने भनेर राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको छ,’ महतले भने, ‘नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म, त्यसमा अरू दललाई संलग्न गर्न सकिन्छ । वृहत्तर राष्ट्रिय हितमा समझदारी बनेको छ । लिखित समझदारीमा नेतृत्व आलोपालो गर्ने मात्र छ । एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छ ।’

लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा पहिले र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको उनको भनाइ थियो ।

‘सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ,’ महतले भने ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : २२ बजे

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई