कोपा अमेरिका : उरुग्वे र पानामा क्वार्टरफाइनलमा « Khabarhub

कोपा अमेरिका : उरुग्वे र पानामा क्वार्टरफाइनलमा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा उरुग्वे र पानामा क्वार्टरफाइनलमा पुगेका हुन् ।

उरुग्वेले आफ्नो समूह चरणको अन्तिम खेलमा अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औँ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि उरुग्वेले समूह चरणका तिनै खेल जितेर समूह ‘सी’ मा शीर्षस्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ ।

यस्तै, आज भएको समूह ‘सी’ को अर्को खेलमा पानामाले बोलिभियालाई ३–१ गोलले पराजित गरेको थियो ।

यो जितपछि पानामा ३ खेलबाट दुई जितसहित ६ अंक हासिल गर्दै समूह ‘सी’ मा दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको हो । योसँगै समूह ‘सी’ बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब क्वार्टरफाइनलमा उरुग्वेले समूह ‘डी’ को उपविजेता र पानामाले विजेतासँग खेल्ने छन् ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : ४६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा