एमाले अध्यक्ष ओली कांग्रेस कार्यालय सानेपामा « Khabarhub

एमाले अध्यक्ष ओली कांग्रेस कार्यालय सानेपामा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ सत्ता समीकरणमा सहमति भएको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेका हुन् ।

त्यहाँ कांग्रेसको सञ्चार विभागद्वारा आयोजित पार्टिका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गर्न नेताहरू पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सानेपा पुगेका छन् । सानेपामा प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एकसाथ फोटो प्रदर्शनी हेरेका छन्।

प्रचण्ड नेतृत्वको सरकारलाई बिदा गरेर कांग्रेससँग नयाँ सत्ता समीकरण गर्ने निर्णयमा पुगेका ओली पनि केहीबेरअघि सानेपा पुगेका छन् ।

सानेपामै कांग्रेसले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस नेता कृष्ण सिटौला सहभागी भएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ४५ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट