संसदीय समिति बैठक : सहकारीको समस्याबारे दलहरूसँग लिखित सुझाव मागिने « Khabarhub

संसदीय समिति बैठक : सहकारीको समस्याबारे दलहरूसँग लिखित सुझाव मागिने


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सातौँ बैठक सकिएको छ । 

मंगलबार बसेको बैठकमा राष्ट्रिय सहकारी महासङ्घकी अध्यक्ष ओमदेवी मल्ल र महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाहाङसँग सुझाव लिएको छ । 

यस्तै, महासंघका पूर्वअध्यक्षहरू मीनराज कँडेल, डीबी बस्नेत, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र सीआईओ बद्री गुरागाईँ छलफल गरिएको हो । 

छनबिन समितिका संयोजक सूर्य थापाका अनुसार उनीहरूले सहकारीसम्बन्धी आ-आफ्नो क्षेत्रका महत्त्वपूर्ण धारणा राखेका छन् । 

उनीहरूले हाल देखा परेको संकट र २९ वटा सहकारी क्षेत्रको समस्या समाधानबारे महत्त्वपूर्ण सुझावसमेत उपलब्ध गराएको थापाले बताएका छन् । 

यस्तै बैठकले सहकारी क्षेत्रको बचत अपचलन, ठगी र बचत फिर्ताबारे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई सुझावहरू लिखित रूपमा उपलब्ध गराउनसमेत पत्राचार गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : ०७ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह