‘ठूला मान्छेका भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै सत्ता समीकरण फेरियो’ « Khabarhub

‘ठूला मान्छेका भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै सत्ता समीकरण फेरियो’


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि रातारात सत्ता समीकरण फेरिएको बताएका छन् ।

मंगलबारु सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भ्रष्टाचारका ठूला फाइलहरू खुल्न थालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको बताएका हुन् ।

उनले कसलाई जोगाउन सत्ता समीकरणमा फेरबदल भएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको पनि जिकिर गरे ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइएको प्रकरणमा बेचन झा पक्राउ परेकोतर्फ इंगित गर्दै उनले भ्रष्टाचारको फाइल खुल्न थाल्नेबित्तिकै समीकरण फेरिएको बताए ।

‘भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो’, उनले झा पक्राउ प्रकरणबारे इंगित गर्दै भने । लामिछानेले इंगित गरेका झा गत शुक्रबार कञ्चनपुरबाट पक्राउ परेका थिए । त्यस्तै त्यही दिन नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल पुत्र प्रतीक पनि समातिएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा मुख्य बिचौलियाका रुपमा काम गरेका झाले कांग्रेस नेतृ आरजु राणासहितको नाम उसबेलै लिएका थिए । मंगलबार सिंहदरबारमा गृहमन्त्री लामिछानेले पनि त्यसैतर्फ संकेत गर्दै ठूलो फाइल खोल्न लागेपछि सरकारमा गडबड गरिएको बताए ।

झा पक्राउ परेपछि उनको पृष्ठभूमि र उच्च तहका नेताहरूसँगको उठबसलाई लिएर अनेक आँकलन सुरु भएको थियो । बेचनतिर लक्षित गर्दै लामिछानेले केही मानिस पक्रिनेबित्तिकै ठूलाबडाकहाँ भुइँचालो गएको बताए ।

‘तपाईंहरूले भन्नु भयो फाइल खोल्नु पर्‍यो । तर फाइल खोलेको एक रातमै सरकार गयो’, उनले भने, ‘यो समीकरण परिवर्तनको के अर्थ होला त ? यो संविधान जोगाउने होइन, कसैलाई जोगाउने खेल हो ।’

लामिछानले दलहरू मिल्नु राम्रो भए पनि अहिले एमाले र कांग्रेसको मिलन स्वस्थ नभएको बताए । ‘अहिलेको जस्तो जुन ढंगले ठूला दलहरू मिल्नु लोकतन्त्रका लागि ठिक होइन । ठूला राजनीतिक घटना, आपत्काल र देश संकटमा परेका बेला दलहरू मिल्ने हो तर अहिलेको मिलाप ठूला भ्रष्टाचारमा मुछिएकालाई जोगाउन भएको हो ।’

उनले देशमा अहिले केही पनि संकट नआएको बताए । ‘सुशासनका लागि केही मानिसहरू पक्राउ पर्दैमा तिनीहरूलाई जोगाउन रातारात सरकार परिवर्तन भएको नेपाली जनताले बुझेका छन्’, उनले भने, ‘अब हामी नयाँ सत्ता समीकरणमा रास्वपा सहभागी हुँदैनौँ ।’

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : २६ बजे

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प