घनश्यामलाई अघि सार्दै रामकुमारी, राजेन्द्रले भेटेनन् माधवको विकल्प « Khabarhub

घनश्यामलाई अघि सार्दै रामकुमारी, राजेन्द्रले भेटेनन् माधवको विकल्प


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन प्रज्ञा भवन कमलादीमा दुई दिनदेखि जारी छ ।

दशौँ महाधिवेशनमा समाजवादीका सचिवद्वय रामकुमारी झाँक्री र राजेन्द्र राई स्क्रिप्ट लेखनकर्ताका रूपमा काम गरिरहेका छन्।

उनीहरू एकीकृत समाजवादीका सेलिब्रिटी नेता पनि हुन्। पूर्वसहरी विकास मन्त्री झाँक्री अध्यक्ष माधव नेपालसँग सुरुदेखि नै असन्तुष्ट छिन् । ६ महिनामै मन्त्रीबाट हटाइएपछि रुष्ट उनी र अध्यक्ष नेपालबीचको सम्बन्ध अझै सुमधुर हु्न सकेको छैन ।

रामकुमारी यस पटकको महाधिवेशनमा नेपाललाई रोकेर महासचिव भुसाललाई अध्यक्ष बनाउनुपर्ने लविइङमा रहेको उनीनिकटस्थहरू बताउँछन् ।

तर कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राई भने तत्काल माधवकुमार नेपालको विकल्प नभएको बताइरहेका छन् ।

यति मात्रै होइन, समाजवादीमा भुसाल अध्यक्षको दाबेदारका रुपमा आए आफू पनि उनीसँग प्रतिस्पर्धामा उत्रिने बताइरहेका छन् ।

माधव नेपालले नेकपा एमालेबाट विद्रोह गरेर जन्माएको पार्टी भएकाले त्यसको औचित्य पुष्टि हुन बाँकी रहेकाले अहिले उनको विकल्प नभएको दाबी राईको छ ।

तर रामकुमारी भने पार्टीलाई प्रभावकारी रूपमा अगाडि बढाउन माधव नेपाल असफल भइसकेकाले अब विकल्पमा जानुपर्ने पक्षमा उभिएकी छन् ।

उनले अब पार्टीको नेतृत्व घनश्याम भुसालले गर्नुपर्ने बताउँदै आएकी छन् । रामकुमारीले भुसालकै नेतृत्वमा एकीकृत समाजवादीलाई नयाँ उचाइमा पुर्‍याउन सकिने निष्कर्ष निकालेकी छन् ।

यदि भुसाल अध्यक्षको उम्मेदवारका रुपमा मैदानमा उत्रिए आफू महासचिवका लागि प्रतिस्पर्धाका लागि तयार रहेको जनाउ उनले दिइसकेकी छन् ।

समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्षको दाबीबाट औपचारिक रुपमा मैदान छाडिसकेका छैनन् । तर उनले आन्तरिक निर्णय गरिसकेकाले माधव नेपालले पनि राहत महसुस गरेका छन् ।

यस्तोमा अब एकीकृत समाजवादीमा अध्यक्ष नेपाल र महासचिव भुसालबीच नेतृत्वको प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । एकथरीले भने सहमतिबाटै माधव नेपाललाई अध्यक्ष बनाउन लबिइङ गरिरहेका छन् ।

सचिव झाँक्री भने अहिले पनि पार्टीमा विकल्प नखोजे क्षयीकरण हुँदै गएर ०८४ को चुनावमा एकदुई सिट पनि नजित्ने दाबी गर्छिन् ।

उनी भुसाललाई अध्यक्षमा जिताएर महासचिव बन्न औपचारिक रूपमै लबिइङमा लागिसकेकी छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : १७ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै