विपतजन्य व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री सिंह  « Khabarhub

विपतजन्य व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री सिंह 


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विपतजन्य व्यवस्थापनको पूर्व तयारीमा तीनै तहका सरकारबीच सहकार्य हुन जरुरी रहेको बताएका छन् ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री विमला अन्सारीको अध्यक्षतामा मंगलबार जनकपुरधाममा भएको संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार अन्तर्गत विपत व्यवस्थापन लागि अन्तरसरकार सम्बन्ध सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले विपतबाट जोगिन थोरै लगानीमा पूर्व तयारी गरिए ठूलो क्षतिको जोखिम कम गर्न सकिने बताए । 

मधेश प्रदेश सरकारले प्राकृतिक विपतको सामना गर्न साधन र श्रोतले भ्याएसम्मका सबै तयारी गर्न तयार रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री सिंहले प्राकृतिक विपतमा परेर घर गुमाएकाहरूलाई राहतस्वरूप १ लाख, गरिबहरूलाई ३ लाखको घर बिमा गरिदिने गरि प्रदेश सरकारले रकम विनियोजन गरेको समेत बताए ।

मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले विपदतपछि पीडितलाई दिने राहत व्यवस्थित बनाउन जरुरी रहेको बताए ।

सो कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह र मधेश प्रदेशका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : ४५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या