एमाले उपाध्यक्ष बादलपुत्र प्रतीक पुर्पक्षका लागि थुनामा « Khabarhub

एमाले उपाध्यक्ष बादलपुत्र प्रतीक पुर्पक्षका लागि थुनामा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश आएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउने आदेश दिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि लागेको थियो ।

थापालाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको थियो। यी अभियोग जोड्दा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले २४ वर्ष कैद दाबी गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका बादल पुत्र उनी नक्कली शरणार्थी प्रकरणमा फरार सूचीमा थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । उनी १४ असारमा बौद्धबाट समातिएका हुन् । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए ।

प्रहरीले यसअघि बादल गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। उनी उक्त प्रकरणमा हाल थुनामा रहेका छन् ।

राईले नै अनुसन्धानका क्रममा प्रतीकको नाम लिएका थिए। तर त्यसबेला प्रतीकले विज्ञप्ति निकालेर आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रतीकको पनि संलग्नता देखिए थियो  । तर त्यसपछि उनी निरन्तर फरार थिए ।

‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेकाे खुलेको थियो ।

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी  तथा उनका छोरा सन्दीप रायमाझी जेल पुगेका थिए ।

जसमध्ये सन्दीप र पूर्वगृहमन्त्री खाँण छुटेका छन् । रायमाझी, राई र पाण्डे अझै पनि थुनामै छन् । जिल्ला र उच्च दुवै अदालतले उनीहरूलाई थुनामै राख्ने आदेश दिएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : ०३ बजे

बस पुलमा ठोक्किएर नदीमा खस्दा १३ जनाको मृत्यु

एजेन्सी – मध्यकम्बोडियाको कम्पोङ थोम प्रान्तमा बिहीबार एउटा बस पुलमा

सिमरामा जेन-जीको प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी

नितिश कुमारले लिए बिहारको मुख्यमन्त्री पदको शपथ

पटना- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले बिहीबार इतिहास रच्दै

मुग्लिन-पोखरा पश्चिम खण्ड : दैनिक छ सयलाई रोजगारी

दमौली– मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले

सिमरा तनाव : जेन-जीलाई कुटेको आरोपमा प्रहरीले समात्यो दुईजना वडाध्यक्ष

काठमाडौं- बाराको सिमरामा बुधबार जे-नजी युवाहरूमाथि कुटपिट गरेको आरोपमा दुईजना