एमालेले प्रधानमन्त्रीलाई भन्यो : नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू « Khabarhub

एमालेले प्रधानमन्त्रीलाई भन्यो : नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले नयाँ सरकार गठनका लागि भोलिसम्म मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेको छ ।

मंगलबार ललितपुरको च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने निर्णय भएको छ’, ज्ञवालीले अगाडि भने ।

उनले अहिले कांग्रेस र एमालेबीच मात्रै सहमति भएको बताउँदै अब राष्ट्रिय सहमतिको सरकारको पहल हुने जानकारी दिए ।

‘कांग्रेस र एमालेबीचमा मात्रै समझदारी भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने, ‘सहमतिको सरकारमा सहभागी भएर राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’

एमालेले कांग्रेससँगको सहमति अनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर भएको थियो । सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको हो । सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति रहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ०२ बजे

संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध

काठमाडौं- प्रतिनिधि सभाको पहिलो बैठक बस्नेबित्तिकै नेकपा एमालेले अवरोध गरेको

प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ)

काठमाडौं–  संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ

नदी कटान रोक्न जैविक तटबन्ध

दोधारा चाँदनी– कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा

एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले) सम्बद्ध युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय घेरेका

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द– महाकाली नदीमा मंगलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण