‘प्रचण्डले कांग्रेससँग संवाद थालेपछि झस्किएको थियो एमाले’ « Khabarhub

‘प्रचण्डले कांग्रेससँग संवाद थालेपछि झस्किएको थियो एमाले’

प्रदीप ज्ञवाली भन्छन् : हाम्रै पहलमा प्रधानमन्त्री हुनु भयो, तर विश्वासको वातावरण बनेन


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण २०८० फागुन २१ मा बनेको सत्ता गठबन्धन चाँडै भत्किने अवस्थामा पुगेको एमालेले दाबी गरेको छ ।

मंगलबार ललितपुरको च्यासलमा बसेको पार्टी सचिवालय बैठकपछि पत्रकारहरूसँगको सवाल-जवाफका क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

‘अहिलेको समीकरण र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एमालेको योजना र आर्किटेक्टमा बनेको हो’, उनले भने, ‘नेकपा एमालेको पहलमा यो सरकार र समीकरण बनेर हामीले समस्याबीच पनि बजेट पास गरेका थियौँ । तर बजेट पास गरेपछि प्रधानमन्त्रीजी राष्ट्रिय सहमतिको सरकार भन्दै हिँड्न थाल्नु भएछ ।’

ज्ञवालीले एक सातादेखि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको सरकार भन्दै कांग्रेसतिर धाउन थालेपछि कुरा बिग्रिएको पनि बताएका छन् ।

‘एक सातादेखि प्रधानमन्त्रीले नै राष्ट्रिय सरकारको प्रस्ताव कांग्रेससँग गरेको हामीले थाहा पायौँ । उहाँलाई यसबारेमा पनि सोधेका थियौँ’, उनले भने, ‘तर उहाँले त्यस्तो केही होइन, यस्तो कुरा हुँदै नभएको भनेर जवाफ दिनु भयो’, उनले भने, ‘हामीलाई उहाँले यसको कुनै राजनीतिक अर्थ छैन भन्नु भयो । तर उहाँले कांग्रेससँग प्रस्ताव गरिसक्नु भएको रहेछ ।’

ज्ञवालीले २०८० फागुन २१ गते र २०७९ पुस १० गते पनि एमालेकै योजनामा प्रचण्ड प्रधानमन्त्री बनेको बताउँदै तर उहाँ बरालिन थाल्नु भयो’, उनले भने, ‘हामीले अहिले पनि उहाँलाई सघायौँ । हामीसँग सहकार्य भइरहेका बेला उहाँले राष्ट्रिय सहमतिको सरकारबारे गरेको प्रस्तावलाई कांग्रेसले स्वीकारेको थिएन ।’

ज्ञवालीले प्रचण्डसँग अब मार्ग प्रशस्न गरिदिने विकल्पमात्रै रहेको बताए । ‘उहाँले संविधानत: मार्ग प्रशस्त गरिदिने हो । किन भने उहाँले विश्वासमा जाँदा बहुमत ल्याउन सक्नु हुन्न’, उनले भने, ‘कतिपय पुराना नजीर पनि छन्, त्यसैले प्रचण्डजीसँगको विकल्प भनेको उहाँले नयाँ सरकारको विकल्प खोलिदिने मात्रै हो ।’

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : १८ बजे

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे

चितवनमा सोमबारदेखि मौरी सम्मेल हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

बागलुङ– नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १०

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरण गर्ने

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः

भलिबलको एउटै टिममा परिचारका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका