विपक्षी नेतासँग देउवाले मागे सहयोग, नयाँ समीकरणमा मिसिन आग्रह « Khabarhub

विपक्षी नेतासँग देउवाले मागे सहयोग, नयाँ समीकरणमा मिसिन आग्रह


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेताहरूबीचको बैठक सकिएको छ ।
मंगलबार साँझ बसेको बैठकमा देउवाले सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिबारेमा नेताहरूलाई ब्रिफिङ गरेका छन् ।

उक्त बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला सहभागी थिए ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला पनि थिए ।

बैठकमा देउवाले एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेकाले साथ दिन आग्रह गरे ।

जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो दल संविधान संशोधनको पक्षमा रहेको भन्दै साथ दिने बताएको दाबी स्रोतले गरेको छ । मधेशवादी दलका नेताले पनि साथ दिने आश्वासन दिएको स्रोतले उल्लेख गरेको छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : २५ बजे

कपिलवस्तुमा हवाइ फायर गरेर लागुऔषधसहित दुई जना पक्राउ

कपिलवस्तु – जिल्लाको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा प्रहरीले २ राउन्ड

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ